दुई महिनामा भित्रियो साढे ६ करोडको तास

काठमाडौं । यस वर्ष तासको आयात बढेको छ । गत वर्षको तुलनामा चालु आवको दुई महिना (साउन–भदौ)मा तास आयात तीन गुणाले बढेको तथ्यांकले देखाएको हो ।

भन्सार विभागका अनुसार चालु आवको भदौसम्म ६ करोड ४४ लाख रुपैयाँ बराबरको तास भित्रिएको छ । सो मूल्यमा २२ लाख ९७ हजार ६२६ बुक तास आयात भएको विभागको तथ्यांक छ ।

गत आर्थिक वर्ष २०७९/८० को भदौसम्म १ करोड ३ लाख ३२ हजार रुपैयाँ बराबरको ६ लाख ७८ हजार २४४ बुक तास आयात भएको थियो । गत वर्ष भरीमा कुल २१ करोड २७ लाख ९४ हजार रुपैयाँको १ करोड ७७ हजार ९८९ बुक तास आयात भएको थियो ।

नेपालमा भारत, चीन, अमेरिका लगायत देशबाट तास आयात हुने गरेका विभागले जनाएको छ । तास खेल्नु अवैध भए पनि वार्षिक करोडौंको तास आयात हुने गरेको छ ।

आयात भएको तास नेपालीका लागि नभई विदेशी नागरिकले क्यासिनोमा खेल्ने र त्यसबाट विदेशी मुद्रा भित्रिने भएकाले त्यहाँको प्रयोगका लागि भित्रने गरेको सरकारी अधिकारीहरु बताउँछन् । तर, प्राय हरेक नेपालीको घरमा तास हुने र चाडपर्व तथा अकेजनहरुमा पारिवारिक रुपमा खेल्ने चलन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here