अफगानिस्तानमा शक्तिशाली भूकम्प, मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो

एजेन्सी । अफगानिस्तानमा शनिबार राति ६.३ रेक्टरको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार शनिबार राति ११ बजे पश्चिमी सहर हेरातबाट ४० किलोमिटर टाढा केन्द्रबिन्दु बनाएर भूकम्प दुई दशकयताकै घातकमध्ये एक भएको बताइएको छ । त्यसपछि पनि दर्जनौं पराकम्पन गएका थिए।

समाचार संस्था एपीले शनिबार बिहानसम्म मृतकको संख्या २ हजार पुगेको जनाएको छ।

अहिले पनि कैयौं मानिसहरू भत्किएका घरमा च्यापिएका छन्। उनीहरूको उद्धारको प्रयास भइरहेको छ। यसअघि, सन् २०२२ को जुनमा गएको शक्तिशाली भूकम्पमा परी पूर्वी अफगानिस्तानमा कम्तीमा एक हजार मानिसको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here