विदेशबाट घर फर्किंदै हुनुहुन्छ ? ‘चेकजाँचमा झन्झटिलो हुने सामान सम्भव भएसम्म नल्याउनू’

काठमाडौं । वैदेशिक रोजगारीमा गएका अथवा विदेशमा बसोबस गर्ने नेपाली चाडपर्व मनाउन स्वदेश फर्किने गर्छन्। स्वदेश फर्किने क्रममा अधिकांश खाली फर्किन चाहँदैनन्।

आफ्ना परिवार, आफन्त तथा साथीभाइलगायतका लागि भन्दै अधिकांशले विभिन्न सामान ल्याएर आउने गर्छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउने नेपाली नागरिकलाई विभिन्न सामान नल्याउन अनुरोध गर्दै यसअघि सार्वजनिक भएको सूचना संशोधन गरेको छ ।

यसअघि विदेशबाट आउने यात्रु तथा विदेशमा बस्ने नेपाली नागरिकले इमर्जेन्सी लाइट, पावर बैंक, आइरन, हेयर ड्रायर, मिक्चर, पानी तान्ने मेसिनलगायतका सामान नल्याउन जारी गरिएको सूचनाको विरोध भएपछि चेकजाँच प्रक्रिया झन्झटिलो र लामो भई अधिकांश यात्रुलाई असुविधा हुनेभएकाले सम्भव भएसम्म नल्याउन आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here