बससेवाले खुलायो दशैंको लागि अग्रिम टिकट बुकिङ

काठमाडौं । अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकममा दसैंको अग्रिम टिकट बुकिङ खुला भएको छ।

बुकिङ खुला भएसँगै अबदेखि यात्रुहरूले अनलाइनबाटै दसैंको अग्रिम टिकट बुकिङ गर्न सक्नेछन्। साथै, दसैंमा गएका यात्रुहरूले फर्कनका लागि पनि बससेवाबाटै टिकट काट्न सक्ने बताइएको छ।

बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ। यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाइल एप्लिकेशनबाट टिकट बुकिङ गर्न सक्नेछन्।

यातायात व्यवसायीसँगको छलफलपछि अनलाइनबाट बुकिङ सुरू गरिएको बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले बताए।

उनले भने, ‘विगतका वर्षहरूका तुलनामा यस वर्ष सिट संख्या धेरै रहेको छ। बससेवामार्फत् अहिले दैनिक ४० हजारभन्दा धेरै टिकट बुकिङ गर्न सक्नुहुनेछ।’

यात्रुहरूले बससेवा डटकम तथा बससेवाको मोबाइल एपमार्फत् सहजै टिकट काट्न सक्नेछन्। बससेवाले बससेवामार्फत् टिकट काट्ने यात्रुहरूमध्ये हरेक दिन ५ जनालाई शतप्रतिशत क्यासब्याक अफर समेत सार्वजनिक गरेको छ।

पछिल्लो समय बससेवाले यात्रुहरूलाई सडकमा कुर्न झञ्झट नहोस् भन्ने उद्देश्यले राजधानीको कलंकीमा प्यासेन्जर लाउञ्जको समेत व्यवस्था गरेको छ।

बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट बिक्री गर्ने माध्यम हो। बससेवामा करिब तीनसय वटा यातायात समिति तथा कम्पनी आबद्ध रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here