हमास–इजरायल द्वन्द्वको तेस्रो दिन: मृतकको संख्या १ हजार नाघ्यो

काठमाडौं । इजरायली सेना र प्यालेस्टिनी विद्रोही समूह हमासबीचको जारी युद्धमा दुवै पक्षका १ हजारभन्दा बढीको मृत्यु भएको छ ।

बीबीसीको रिपोर्टअनुसार हालसम्म २१०० जना घाइते भएका छन्। इजरायलबाट गाजामा हवाई आक्रमण जारी छ। गाजामा हालसम्म ४१३ प्यालेस्टाइनीको मृत्यु भइसकेको छ । इजरायलले गाजापट्टीमा हमासका ४२६ वटा स्थान ध्वस्त पारेको छ।

योसँगै उसले २९ भन्दा बढी क्षेत्र हमास लडाकुको नियन्त्रणबाट मुक्त गरेको छ। हमासले इजरायलबाट १६३ जनालाई अपहरण गरेको दाबी गरेको छ। जसमा सैनिक, महिला, बालबालिका र वृद्धवृद्धा छन्। उक्त द्वन्द्वमा परी इजरायलमा रहेका १० नेपालीको पनि निधन भएको छ। शनिबार विद्रोही समूह हमासले इजरायली सहर लक्षित सयौँ रकेट आक्रमण गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here