इजरायलबाट फर्किन २०० बढीको आवेदन, बेपत्ता एक नेपालीको अवस्था अझै अज्ञात

काठमाडौं । इजरायलमा रहेका दुई सय जनाभन्दा बढी नेपालीले घर फर्किनका लागि आवेदन नाम टिपाएका छन् ।

सोमबार साँझसम्म दुई सयभन्दा बढीले नाम टिपाएको तेल अविवस्थित नेपाली दूतावासले जानकारी दिएको छ । आक्रमणमा बेपत्ता भएका एकजना नेपालीको अवस्था अझै अज्ञात रहेको छ । सम्पर्कविहीन रहेका ती नेपालीको तीव्ररूपमा खोजी भइरहेको जनाएको छ ।

त्यसका लागि प्रहरी, अस्पताललगायत उपलब्ध सबै स्थानीय संयन्त्रको सहयोग लिइएको जनाइएको छ ।

शनिबार प्यालेस्टाइन विद्रोही हमास समूहले गरेको आक्रमणमा १० नेपालीको मृत्यु भएको छ । नेपाली विद्यार्थीहरू बसेको कृषि फार्ममा विद्रोही आक्रमणबाट चार जना घाइते भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here