विमानस्थल भन्सारले भन्यो- ‘प्रलोभनमा परेर अपरिचित व्यक्तिको सामान नल्याउनू’

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउने नेपालीलाई प्रलोभनमा परेर अवैध सामान लुकाइ छिपाइ नल्याउन आग्रह गरेको छ।

नियमित सुरक्षा जाँचका क्रममा टीभीभित्र सुन लुकाएर ल्याएको भेटिएपछि कार्यालयले यो आग्रह गरेको हो।

मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले टीभीभित्र आधा केजी अवैध पहेंलो धातु (सुन) ल्याउँदै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको थियो । यस्तै कार्यालयले कानुन बमोजिम छुट हुने बाहेकका सुन लुकाइछिपाइ नल्याउन समेत आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here