काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लौनचौरस्थित सबस्टेसन स्तरोन्नति गर्न लागेकोले काठमाडौंका विभिन्न स्थानमा कात्तिक ४ गतेसम्म विद्युत् सेवा प्रभावित हुने जनाएको छ ।
प्राधिकरण काठमाडौं ग्रिड महाशाखा अन्तर्गतको लैनचौरस्थित ६६ / ११ के.भी. सबस्टेसन स्तरोन्नतिका लागि उक्त सबस्टेसनबाट सञ्चालित विभिन्न क्षेत्रमा विद्युत सेवा प्रभावित हुने जनाएको हो ।
प्राधिकरणका अनुसार सामाखुशी, ठमेल, किंग्सवे, लाजिम्पाट र पानीपोखरी क्षेत्रमा विद्युत आपूर्ति गर्न भृकुटीमण्डप, कमलपोखरी, डिल्लीबजार, क्षेत्रपाटी, असन, महाबौद्ध, न्युरोड, पुतलीसडक, गोंगबु, रानीबारी र बालुवाटार क्षेत्रबाट वैकल्पिक व्यवस्था गरिएका कारण माथि यी स्थानमा असोज २४ गतेदेखि विद्युत सेवा प्रभावित हुन सक्ने प्रधिकरणले जनाएको छ ।