काठमाडौं । भारतको बिहारमा रेल दुर्घटना हुँदा एक बालिकासहित ६ जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् ।
दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल स्थानीय समय अनुसार बुधबार राति ९ः५३ बजे दुर्घटना भएको थियो । भारतीय सञ्चार माध्यमहरुका अनुसार रेलका १२ वटा डिब्बा लिकबाट उछिट्टिएका छन् ।