कोहलपुरमा सिटिजन्स बैंकको ८२ औं शाखा

काठमाडौं, १८ भदौ । सिटिजन्स बैंकले आफ्नो ८२ औं शाखा बाँकेको कोहलपुरमा संचालनमा ल्याएको छ ।

बुधवार एक समारोहका बीच बैंकका संचालक समितिका सदस्य प्रकाश चन्द्र मैनालीज्यूले रिवन काटी उक्त शाखाको उद्घाटन गरे ।

यो शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य राखेको बैंकले बताएको छ ।

कार्यक्रममा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत ज्ञान ज्योति माध्यमिक विद्यालय, बगिया कोहलपुरलाई रू पचास हजारको आर्थिक सहयोग प्रदान गर्यो ।

अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गणेशराज पोखरेलले जानकारी गराए ।

सिटिजन्स बैंकले ८२ वटा शाखा, ७८ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here