बजारमा चिनीको कृत्रिम अभाव, अस्वाभाविक रूपमा मूल्यवृद्धि

काठमाडौं । चिनीको कृत्रिम अभावका कारण बजारमा अस्वाभाविक रूपमा चिनीको मूल्यवृद्धि भएको छ।

कृत्रिम अभावले बजारमा चिनीको मूल्यप्रति किलो १ सय ६० रुपैयाँसम्म पुगेको उपभोक्ताको गुनासो छ। व्यापारीले चाडपर्वको मौका छोपेर भाउ बढाइरहेका छन् ।

मुख्य चाडपर्व आउन लागेका बेलामा बजारमा भइरहेको यस्तो अभाव र मूल्यवृद्धिप्रति सरकारले ध्यान नदिएको उपभोक्ताको गुनासो छ।

बजारमा चिनीको अभाव सिर्जना भएपछि सुपथ मूल्य पसलमा भीड बढेको छ। साल्ट ट्रेडिङले किलोको ९७ रुपैयाँमा बिक्री गरिरहेको छ । सुपथ मूल्य पसलमा भने पालो पाउनै मुस्किल छ।

व्यापारीहरू चाहिँ बजारमा देखिएको अभाव कृत्रिम नभइ वास्तविक नै भएको दाबी गर्छन् र यस्तो अभाव आउनुमा सरकारको दोष रहेको बताउँछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here