हेलिकप्टर दुर्घटनाका घाइते पाइलट सेढाईंलाई ‘मेडिकल स्कर्टिङ’मा भारतको लगियो

काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट प्रकाश सेढाईंलाई भारतको मुम्बई लगिएको छ ।

दुर्घटनापछि पाइलट सेढाईको ह्याम्स अस्पतालमा उपचार गरिएकोमा परिवार र मनाङ एयरको सल्लाहमा थप उपचारका लागि भारत लगिएको हो ।

श्री एयरलाइन्सको चार्टर्ड उडानमा उनलाई भारतको नेशनल बर्न सेन्टर मुम्बई लगिएको हो ह्याम्स अस्पतालले जानकारी दिएको छ ।

उनको मुखको भाग, हातखुट्टा लगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अस्पतालको विज्ञप्तिमा उल्लेख छ । साथै उनको फोक्सो, मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या रहेको अस्पतालले जानकारी दिएको छ ।

हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन आज बिहान ७:१३ मिनेटमा रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटना भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here