काठमाडौं–नारायणघाट रूटमा ठूला गाडी सञ्चालनमा रोक

काठमाडौं । यातायात व्यवस्था विभागले सबैभन्दा बढी व्यस्त हुने नारायणघाटदेखि काठमाडौंसम्मको सडकमा आजदेखि कात्तिक ८ गतेसम्म ठूला गाडी सञ्चालनमा रोक लगाएको छ ।

यो सडकमा ट्रक, ट्रेलर लगायतका ठूला गाडी चलाउन पाइने छैन । खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने गाडीलाई भने नरोकिने जनाएको छ ।

तर कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका सार्वजनिक सवारीहरुलाई भने सो बन्देज कायमै रहनेछ । रुट परमिट आउँदाे कात्तिक १० गतेसम्म खुला रहने छ । रुट परमिट खुला भएसँगै सार्वजनिक गाडी यात्रु लिएर देशका विभिन्न भागमा निर्बाधरुपमा जान पाउने छन् ।

त्यस्तै, असोज २२ गतेदेखि नै अग्रिम टिकट बुकिङ खुला गरिसकेको छ । प्रत्येक वर्ष काठमाण्डाैबाट दशैँ मनाउनका लागि २० लाखभन्दा बढी व्यक्ति उपत्यकाबाट बाहिरिने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here