खसी, बोका बिक्री सोमबारदेखि, बजार मूल्यमा प्रतिकेजी १० रुपैयाँ छुट

काठमाडौं । खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले सहुलियतमा बिक्री गर्ने ३ हजार खसी, बोका र च्याङ्ग्रा सोमबार काठमाडौं आइपुग्नेछ ।

कम्पनीकाअनुसार यस वर्ष धादिङ, मकवानपुर र दाङबाट २ हजार हाराहारी खसी र बोका खरिद गरेर ल्याइँदैछ । दाङको तुलसीपुरबाट खरिद गरिएको खसी र बोका काठमाडौं आइपुगेपछि दिउँसोदेखि बिक्री थालिने जनाएइको छ ।

रसुवाबाट सहकारीमार्फत कम्पनीले एक हजार च्याङ्ग्रा खरिद गर्दैछ । जिल्लास्थित सहकारीहरुले उक्त च्याङ्ग्रा काठमाडौं पठाउन छलफल चलिरहेको कम्पनीले जनाएको छ ।

गत ९ असोज नै सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट खरिद गरेर सर्वसाधारणलाई बिक्री गरिने खसी, बोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिने घोषणा गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here