खसी-बोका परीक्षणमा सरकारको कडाइ, रोगीमा देखिन्छन् यस्ता लक्षण

काठमाडौं । सरकारले उपत्यकाका विभिन्न ११ वटा स्थानबाट खसीबोकाको स्वास्थ्य परीक्षण शुरु गरेको छ । खसी-बोका र च्याङग्रा परीक्षण गरी शुद्ध र स्वस्थ्य खसी-बोकाको सिङमा ‘हरियो’ रङ रोगीको सिङमा भने रातो रङ लगाउने छ ।

सिंग हेरेर छान्नुस् खसी

चौपायाको स्वास्थ्य परीक्षण गरी पशु स्वास्थ्य निर्देशनालयले रंग लगाउने गर्छ । पशु प्राविधिकहरूले चौपायाको स्वास्थ्य परीक्षण गरेर स्वस्थ र उपभोगयोग्य चौपायामा हरियो रंगको चिह्न लगाएका हुन्छन् भने बिरामी र उपभोग गर्न नमिल्ने चौपायामा रातो रंग लगादिएका हुन्छन् ।

सामान्य स्वास्थ्य परीक्षण गरेर त्यसका आधारमा निर्देशनालयले रंग लगाउँछ।

यस्ता खसी हानिकारक

खसीबोकाको नाक र मुखबाट सिंगान र स्याल बगेको, पातलो दिसा भएर शरीरको पछाडीको भागमा यत्रतत्र टाँसिएका खसीबोकामा देखिने रोगका लक्षण हुन्।

यस्तै चोटपटक लागेर वा संक्रमण रोगबाट कानमा घाउ भएको वा रगत बगेको, शरीरको तापक्रम, गिजा र खुट्टाको खुरमा घाउ, झोक्राउने, सुस्त, दुब्लो, आँखामा चिप्रा र रातो आँखा, छिन छिनमै दिसा गर्ने, खुट्टाले भुइँ खोस्रिने, छिनछिनमा आकाशतर्फ फर्केर घुम्दै कराउने र लड्नेजस्ता लक्षण भएका खसीबोका रोगी मानिन्छन्।

परीक्षणको क्रममा यस्ता कुनै लक्षण नभेटिने खसीबोकालाई स्वस्थ्य ठहर गरेर सिङमा नखुइलिने विशेष खालको हरियो रंग लगाएर व्यापारीलाई बिक्री गर्न अनुमति दिइने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here