डीडीसीले घटायो दुग्ध पदार्थको मूल्य

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले दुग्ध पदार्थ (दूध, पनिर, दही, नौनी, बटर, घिउ, मिठाई चिज, फ्रेस मिल्क) को मूल्य घटाएको छ।

जसअनुसार प्रतिलिटर ९७ रुपैयाँ पर्ने स्टाण्डर्ड दूधको मूल्य २ रुपैयाँ घटाएर ९५ रुपैयाँ राखिएको छ। त्यसैगरी दहीको प्रतिलिटर २० रुपैयाँ, नौनी प्रतिकेजी १०० रुपैयाँ, घिउ प्रतिलिटर १०० रुपैयाँ, मिठाईमा प्रतिकेजी १० रुपैयाँ, याक चीज ५ सय ग्राममा ६० रुपैयाँ छुटको व्यवस्था गरिएको छ। फ्रेस मिल्क २०० एमएल बोतलमा ५ रुपैयाँ छुट गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here