डलरको मूल्य हालसम्मकै उच्च, आयातमुखी देशहरुमा मूल्यवृद्धिको चाप

काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलवारको लागि सार्वजनिक गरेको विनिमयदर अनुसार १ अमेरिकी डलरको विनिमय दर (बिक्री दर) १३३ रुपैयाँ ५५ पैसा पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै नेपाली रुपैयाँमा डलरको खरिद दर १३२ रुपैयाँ ९५ पैसा रहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

यसअघि असोज २ गते डलरको मूल्य उच्च विन्दुमा पुगेको थियो। सो दिन १ अमेरिकी डलरको मूल्य १३३.५४ रुपैयाँ पुगेको थियो।

आयातमा निर्भर अर्थतन्त्र भएका कारण डलरको मूल्यवृद्धिले नेपाली बजार प्रभावित हुन्छ। डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी पर्ने छ।

नेपालले ठूलो मात्रामा आयात गर्ने भएकाले विदेशी मुद्रा तिरेर किन्नुपर्ने सामान तथा सेवाहरु महँगो पर्ने छ। महँगो डलरमा आयातित सामान भित्रिने हुनाले मूल्यवृद्धिमा यसको चाप देखिने छ।

बढ्दो पेट्रोलियम र डलरको मूल्यका कारण नेपाल थप महँगिने छ। डलरको मूल्यवृद्धिले जति नेपाललाई फाइदा छ त्योभन्दा बढी नोक्सान छ। आयातमा निर्भर अर्थतन्त्र भएका कारण डलरको मूल्य वृद्धिले नेपाली बजार प्रभावित हुन्छ। डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी पर्नेछ।

अब डलरको भाउ बढ्ने वा घट्ने भन्ने कच्चा तेलको मूल्यमा भर पर्ने विज्ञ बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here