टी-२० त्रिकोणात्मक क्रिकेट सिरिजः नेपालले आज यूएईसँग खेल्दै

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गतको पहिलो खेलमा आज यूएईसँग खेल्नेछ । नेपाल र यूएईबीचको खेल मुलपानी क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ ।

यो खेलसँगै माथिल्लो मुलपानी क्रिकेट मैदान टि-२० आई मान्यता पाउने विश्वकै १ सय ९०औं मैदान बन्नेछ । आईसीसी टी-२० विश्वकप एसिया छनोटको तयारीका लागि हुन लागेको यो टी-२० सिरिजमा नेपाल र यूएईसहित हङकङ पनि सहभागी रहेको छ ।

नेपालले कार्तिक २ र कार्तिक ४ गते हङकङसँग खेल्नेछ । त्यसपछि कार्तिक ६ गते नेपालले फेरि युएईसँग खेल्नेछ । राउन्ड रोबिनका सबै खेल मुलपानी मैदानमा हुनेछन् भने शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल भने कार्तिक १० गते टियु क्रिकेट मैदानमा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here