मनसुन अवधिमा ९२ जनाको मृत्यु, भौतिक पूर्वाधारमा ११ अर्बभन्दा बढीको क्षति

काठमाडौं । यसपालीको मनसुनका समयमा देशभर विपदजन्य घटनाबाट ९२ जनाको मृत्यु भएको छ । ती घटनामा परेर ३० जना बेपत्ता भएका छन् भने एक सय ६८ घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा करिब ११ अर्बभन्दा बढी क्षति भएको छ । जेठ ३१ गतेबाट सुरु भएको मनसुन १ सय १४ दिन रही असोज २८ गतेबाट पूर्ण रूपमा बाहिरिएको छ ।

यो अवधिमा ५७ वटा जलविद्युत आयोजना, १५ पक्की पुल, २७ झोलुङ्गे पुल, राजमार्ग, खानेपानी संरचना, निजी आवास तथा सिँचाइ गरी ११ अर्ब बराबरको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

पहिरोका चार सय ५९, बाढीका एक सय ४२, भारी वर्षाका एक सय ६८ र चट्याङका एक सय २३ घटना भएका छन् । यसवर्ष मनसुन एक सय २४ दिन रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here