गाजाको अस्पतालमा रकेट आक्रमण, ५०० जनाको मृत्यु

काठमाडौं । इजरायली सेनाले मंगलबार राति अबेर गाजाको एक अस्पतालमा आक्रमण गरेको दाबी गरेको छ । गाजाको स्वास्थ्य विभागका अनुसार अल अहली अरब अस्पतालमा भएको रकेट आक्रमणमा परी ५ सयजनाको मृत्यु भएको छ।

बीबीसीले अस्पतालमा सैंयौंको संख्यामा बिरामी, घाइते र घरबारबिहीन बनेकाहरू अस्पतालमा रहेको बेला आक्रमण भएको बताएको छ।

स्थानीयका अनुसार हमास–इजरायल आक्रमणबाट बच्नका लागि मानिसहरू अस्पतालमा शरण लिन पुगेका थिए। झण्डै ४ हजार मानिसहरू शरणका लागि अस्पतालमा थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here