कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

फाइलफोटो

काठमाडौं । सरकारले कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ खुवाउन मन्त्रालयले आग्रह गरेको छ । यसैगरी १ देखि ५ वर्षसम्मका २९ लाख भन्दा बढी बालबालिकाहरुलाई जुकाको औषधि खुवाइनेछ ।

बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि भने २०५६ बाट खुवाउन थालिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here