नेपाललाई ९५ हजार टन चामल निर्यात गर्न भारतको अनुमति

काठमाडौं । भारतले कोटा तोकेर नेपालसहितका ७ देशका लागि बुधबारदेखि चामलको निर्यात फुकुवा गरेको छ । क्यामरुन, आइभरी कोस्ट, मलेसिया, फिलिपिन्सका लागि चामल निर्यातको अनुमति दिइएको उल्लेख छ।

नेपालको लागि ९५ हजार मेट्रिक टन चामल निर्यातका लागि फुकुवा गरिदिएको छ । भारतको राष्ट्रिय सहकारी निर्यात लिमिटेडको माध्यमबाट यस्तो निर्यात हुनेछ।

नेपालले भारतबाट ठूलो परिमाणमा धानचामल आयात गर्दै आएको छ। नेपाल सरकारले पत्र लेखेर भारत सरकारसँग एक लाख मेट्रिक टन चामल आयातको अनुमति दिन माग गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here