सुनको मूल्यले बनायो अहिलेसम्मकै महँगोको रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले अहिलेसम्मकै महँगोको रेकर्ड बनाएको छ । बिहीबार छापावाल सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १३ हजार ७०० रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनाएको हो ।

नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै धेरै हो । गत साउन ४ गते इतिहासकै उच्च प्रतितोला १ लाख १३ हजार ६०० रुपैयाँ पुगेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले घटेर प्रतितोला प्रतितोला १ हजार ३९५ रुपैयाँमा किनबेच भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here