‘विद्रोह’ले केदार कार्की मुख्यन्त्री बनेपछि कांग्रेसमा उत्साह, बागमतीमा परिवर्तको संकेत

काठमाडौं । कोशी प्रदेश सरकार निर्माणमा शेखर समूहले गरेको विद्रोहले केदार कार्की मुख्यन्त्री बन्न सफल भएपछि कांग्रेसमा उत्साह छाएको छ ।

‘विद्रोह’ गर्ने हौसला अन्य प्रदेशमा पनि थपिएकाले बागमती प्रदेशमा पनि कांग्रेस नेतृत्वको सरकार बनाउनुपर्ने माग उठ्न थालेको छ ।

बिहीबार नेपाल प्रेस युनियन काठमाडौं शाखाको आयोजनामा भएको कार्यक्रममा बोल्दै कांग्रेसका महामन्त्री गगन कुमार थापाले बागमती प्रदेशमा कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने माग उठेको बताएका छन् ।

नेपाली कांग्रेसका चार जना प्रदेश सभा सदस्यहरु आफूकहाँ आएर माओवादी केन्द्रको नेतृत्वमा रहन नसक्ने बताएको उनले जानकारी दिए । उनले कोशीको पराकम्प अन्य प्रदेशमा गएको उल्लेख गरेका हुन् ।

नेपाली कांग्रेस बागमती प्रदेशमा सबैभन्दा ठूलो दल हो । बागमती प्रदेशमा हाल २१ सिट रहेको माओवादी केन्द्र नेतृत्वको गठबन्धन सरकार छ । गठबन्धन सरकारमा ३७ सिट रहेको नेपाली कांग्रेस र ७ सिट रहेको एकीकृत समाजवादी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here