रिक्त स्थानमा माघपछि निर्वाचन

काठमाडौं । निर्वाचन आयोगले तीनै तहमा रिक्त्त विभिन्न पदका लागि माघपछि मात्रै निर्वाचन गर्ने जनाएको छ ।

माघमा हुने राष्ट्रिय सभा निर्वाचनपछि मात्रै संघ, प्रदेश तथा स्थानीय तहमा रिक्त पदको चुनाव हुने आयोगको भनाइ छ । हाल तीनै तहका विभिन्न २४ पद खाली छन् ।

प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधनपछि इलाम १ रिक्त्त छ भने सुदूरपश्चिम प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको मृत्युपछि बझाङ ‘क’ क्षेत्र पनि खाली छ ।

त्यसैगरी १ नगरपालिका प्रमुख, ९ गाउँपालिका अध्यक्ष, १७ वडाध्यक्ष रिक्त्त छन् । रिक्त्त रहेका स्थानमा अधिकांश जनप्रतिनिधिको मृत्यु भएको हो भने केहीले राजीनामा दिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here