सुदुरपश्चिम र उद्योग वाणिज्य महासंघले लगानी र विकासका गतिविधिमा सहकार्य गर्ने

काठमाडौं । सुदुरपश्चिम प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासंघले लगानी प्रवद्र्धन र बिकासका गतिविधि संचालनका लागि सहकार्य गर्ने भएका छन् ।

त्यसका लागि सदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलवहादुर शाह र महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले एक सझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

शनिवार महासंघमा आयोजित एक कार्यक्रममा भएको समझदारीअनुसार प्रदेश सरकार र महासंघले सुदूर पश्चिम प्रदेशमा लगानी प्रवद्र्धन गर्न र प्रदेशको आर्थिक विकास एवम् समृद्धिमा योगदान पु¥याउन दुई संस्थावीच सहकार्य हुनेछ ।

प्रदेश सरकार र महासंघको संयूक्त आयोजनामा आगामी २०८० फाल्गुण २३ र २४ गते सुदूर पश्चिम लगानी तथा विकास सम्मेलन आयोजना गरिनेछ । उक्त सम्मेलन सफल पार्न महासंघको सम्पूर्ण संयन्त्रले काम गर्ने प्रतिवद्धता महासंघ अध्यक्ष ढकालले व्यक्त गरेका छन् ।

भारत र चीनमा बिजनेस समिट आयोजना गरेको र त्यहाँबाट सोधपुछ हुन थालेको अवस्थामा प्रदेशहरुमा पनि लगानी सम्मेलन आयोजना गर्न लागिएको अध्यक्ष ढकालले वताए ।

महासंघको तेस्रो कार्यकारिणी समिति वैठकले सबै प्रदेशमा लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको थियो । सोही सन्दर्भमा सुदुरपश्चिम प्रदेश सरकारसंग पहिलो सम्झौता भएको हो ।

सोही कार्यक्रममा बोल्दै सदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलवहादुर शाहले महासंघसँगको सहकार्यमा निर्धारित लगानी तथा विकास सम्मेलन प्रभावकारी हुने र सम्मेलनका अवसरमा सुदुरपश्चिममा लगानीको प्रतिवद्धता आउने विश्वास व्यक्त गरे । प्रदेश सरकार लगानी सहजीकरणका लागि सहयोगी रहने प्रतिवद्धता पनि उनको छ ।

सुदुरपश्चिम प्रदेश सरकारका अर्थ तथा योजना मन्त्री नरेश शाहीले सुदुर पश्चिममा लगानीको पर्याप्त अवसर भएको तर लगानी आउन नसकेको अवस्थामा प्रदेश सरकारले सहजीकरण गर्ने वताए । आगामी सम्मेलनले पनि यसमा सहयोग पुग्ने उनको धारणा थियो ।

कार्यक्रममा महासंघका उपाध्यक्षद्धय हेमराज ढकाल एवं ज्योत्सना श्रेष्ठ र महासंघ लगानी तथा विदेश मामिला फोरमका सभापति मनोज पौडेलले सहकार्य र सम्झौताको औचित्यमाथि आप्mनो धारणा राखेका थिए । लगानी सम्मेलनका लागि अन्य प्रदेश सरकारहरुसंग पनि छलफल जारी रहेको महासंघले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here