फिफा वरीयतामा नेपाल दुई स्थान उक्लियो

काठमाडौं । फिफा वरीयतामा नेपाली राष्ट्रिय फुटबल टिम दुई स्थान माथि उक्लिएको छ । फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार नेपाली टिम १७३औँ स्थानमा छ ।

नेपाल यसअघि वरीयताको १७५औँ स्थानमा थियो । फिफाको वरीयताअनुसार दक्षिण एसियामा भारत १०२औँ स्थानमा छ । माल्दिभ्स १६१औँ, भुटान १८२औँ, बंगलादेश १८३औँ, पाकिस्तान १९३औँ र श्रीलंका २०२औँ स्थानमा छ । विश्वकप विजेता अर्जेन्टिना वरीयताको शीर्ष स्थानमा यथावत् छ । दोस्रोमा फ्रान्स, तेस्रोमा ब्राजिल, चौथोमा इंग्ल्यान्ड र पाँचौँ स्थानमा बेल्जियम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here