चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन

एजेन्सी । चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको हृदयघाटबाट निधन भएको छ। चिनियाँ सञ्चारमाध्यामका अनुसार विहीबार मध्यरातमा उनलाई हृदयघात भएको जनाइएको छ। ६८ वर्षीय ली गत मार्चमा प्रधानमन्त्रीको दोस्रो कार्यकाल पूरा गरेर बिदा भएका थिए।

उनी प्रधानमन्त्री हुँदा राष्ट्रपति सी जिनफिङपछि सत्तारूढ कम्युनिस्ट पार्टी अफ चाइनाका दोस्रो वरियतामा रहेका थिए। ली पछिल्लो समय सांघाइमा बस्दै आएका थिए। ली खछ्याङ सन् २०१३ मा चीनको प्रधानमन्त्री बनेका थिए। उनी चिनियाँ क्याबिनेटको स्टेट काउन्सिल प्रमुख रहेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here