काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले यूएईसामू १६३ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६२ रन बनायो।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ५० रनको महत्वपूर्ण योगदान दिए। त्यस्तै, दीपेन्द्रसिंह ऐरीले २० रन जोडे भने कप्तान रोहित पौडेलले १८ रन बनाए।
करन केसीले २३ रन बनाए भने सोमपाल कामीले १३, सन्दीप जोराले १० रन बनाए। यूएईका लागि आयान अफ्जल खानले ३ तथा जहूर खान र अली नसीरले समान २/२ र जुनेद सिद्दिकीले १ विकेट लिए।