ललितपुर महानगरले नगर प्रहरीमा भर्ना खोल्यो (सूचनासहित)

काठमाडौं । ललितपुर महानगरपालिकाले करारमा ५० जना नगर प्रहरीको भर्ना खुला गरेको छ । शुक्रबार सूचना जारी गर्दै महानगरपालिकाले २८ खुला, ९ महिला, ८ आदिवासी जनजाति, दुई दलित र थारु, मधेशी र पिछडिएको एक/एक जनाका लागि आवेदन आह्वान गरेको हो ।

१८ वर्ष पूरा भई ३० वर्ष ननाघेका र भूपु सैनिक तथा प्रहरी भए ४० वर्ष ननाघेका व्यक्तिले दर्खास्त दिन मिल्नेछ । न्युनतम शैक्षिक योग्यता ८ कक्षा उतीर्ण भएको हुनुपर्नेछ ।यही कात्तिक २४ गतेसम्म महानगरको कार्यालयबाटै र अनलाइनबाट दर्खास्त दिन सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here