अझै बिकेन खाद्यले ल्याएको २७५ वटा च्याङ्ग्रा, मूल्य समायोजन गरेर बिक्री थाल्यो

काठमाडौं। आर्थिक मन्दीले खसीबोका तथा च्याङग्रा बिक्री नभएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मूल्य घटाएको छ।

कम्पनीले यो वर्ष २ हजार २ सय खसीबोका तथा च्याङ्ग्रा ल्याएको थियो। गतवर्ष १६ सय १५ वटा खसीबोका र च्याङ्ग्रा कम्पनीले ल्याएको थियो। च्याङ्ग्राको माग बढी हुने देखेर यो पटक ५ सय ४१ वटा ल्याएको थियो। तीन सय खसीबोका तथा च्याङ्ग्रा बिक्री गर्न सकेको छैन। तीन सयमध्ये २ सय ७५ वटा च्याङ्ग्रा मात्रै छ।

च्याङग्राको मूल्य पनि समायोजन गरेको छ। कम्पनीले जिउँदो च्याङग्राको मूल्य किलोको ११६० रुपैयाँ तय गरेको छ। त्यसमा १० रुपैयाँ छुट गरेर ११५० रुपैयाँमा बिक्री गर्ने कम्पनीले जनाएको छ। यसअघि खाद्य कम्पनीले जिउँदो च्याङ्ग्रा प्रति किलो १२६० रुपैयाँ मूल्य तय गरेर छुटसहित १२५० रुपैयाँका दरले बिक्री गर्दै आइरहेको थियो।

कम्पनीले जिउँदो खसीबोकाको मूल्य किलोको ६ सय रुपैयाँ तोकेको छ। त्यसमा पनि १० रुपैयाँ छुट दिएर ५ सय ९० रुपैयाँमा बिक्री गर्ने भएको हो। सुरुमा कम्पनीले जिउँदो खसीबोकाको मूल्य किलोको ६ सय ८० रुपैयाँ तोकेको थियो। त्यसमा पनि १० रुपैयाँ छुट दिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here