रेकर्ड जीतबाट चुक्यो न्यूजिल्याण्ड, अष्ट्रेलिया ५ रनले विजयी

काठमाडौं । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा न्यूजिल्याण्ड रेकर्ड जीतबाट चुकेको छ । अष्ट्रेलियाले प्रस्तुत गरेको ३ सय ८९ रनको विशाल लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ८३ रन बनाउन सक्यो ।

यदि आजको खेलमा जीत हासिल गरेको भए विश्वकपमा न्यूजिल्याण्डले अहिलेसम्मकै ठुलो लक्ष्य पछ्याउने थियो । खेलमा कूल ७ सय ७१ रन बन्यो । कुनै पनि विश्वकपको एकै खेलमा बनेको यो सर्वाधिक रनको कीर्तिमान हो । यो जितसँगै अष्ट्रेलिया चौथो स्थानमा कायम रहेको छ भने न्युजिल्याण्ड तेस्रो स्थानमा रहेको छ। ६ खेल खेलेको साउथ अफ्रिका पहिलो स्थानमा छ भने ५ खेल जितेको भारत दोस्रो स्थानमा रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here