यस्तो छ टी-२० विश्वकप छनोटमा नेपालको खेल तालिका, एसियाबाट कसको सम्भावना कति ?

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत सोमबारदेखि एसिया छनोट सुरु हुँदैछ। काठमाडौंमा हुने एसिया छनोटमा ८ टिमले भाग लिँदैछन्।

एसिया क्वालिफायरबाट शीर्ष दुई टोली अर्थात फाइनल खेल्ने दुई देश अर्को वर्ष हुने टी-२० विश्वकप खेल्नेछन् ।

छनोटमा दुई समूहमा प्रतिस्पर्धा हुनेछ भने खेल मुलपानी र त्रिवि मैदानमा हुनेछन्। आयोजक नेपालसहित बहराइन, हङकङ, कुवेत, मलेसिया, ओमान, सिंगापुर र युनाइटेड अरब इमिरेट्स (यूएई) ले आईसीसी टी-२० मेन्स विश्वकप एसिया क्वालिफायर फाइनल २०२३ मा प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल रहेको समूह ‘ए’ मा सिंगापुर, ओमान र मलेसिया छन्। नेपाल टी-२० वरीयतामा छनोट खेल्नेमध्ये सबैभन्दा माथि १६औं स्थानमा छ । बाँकी टिमहरुमा पनि खासै अन्तर छैन । यूएई १७औं, ओमान २०औं, हङकङ २१औं, मलेसिया २५औं, कुवेत २७औं, बहराइन २८औं र सिंगापुर ३६औं स्थानमा छ ।
गत महिना यूएईलाई हराएर गल्फ क्रिकेट टी-२०को उपाधि जितेको ओमान पनि लयमा छ र विश्वकप पुग्ने दाबेदारीमा छ । कुवेत र मलेसिया एसिया सब रिजल क्वालिफायरमा आफ्नो समूहमा शीर्षमा रहँदै एसिया क्वालिफायर फाइनलमा छनोट भएको मनोबल पनि उच्च छ ।

नेपालको खेल
नेपाल भर्सेस सिंगापुर – कात्तिक १३- त्रिवि मैदान – विहान ९ बजे
नेपाल भर्सेस मलेसिया – कात्तिक १४ – त्रिवि मैदान – दिउँसो १:१५ बजे
नेपाल भर्सेस ओमान – कात्तिक १६ – त्रिवि मैदान – विहान ९ बजे
सेमिफाइनल १ (त्रिवि मैदान), सेमिफाइनल २ (मुलपानी) – कात्तिक १७ – विहान ११ बजे
फाइनल – कात्तिक १९- त्रिवि मैदान – विहान ११ बजे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here