रियल म्याड्रिडले जित्यो एल क्लासिको, बार्सिलोना घरेलु मैदानमै पराजित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलअन्तर्गत रियल मड्रिडले सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोनालाई हराएको छ ।

गएराति भएको खेलमा बार्सिलोनाको घरेलु मैदानमा रियलले २-१ को जीत निकालेको हो । रियलका लागि बेलिङ्घमले दुई गोल गरे ।

दोस्रो हाफको इन्जुरी समय सुरु भएको दोस्रो मिनेटमा उनले गोल गर्दै रियल म्याड्रिडलाई महत्वपूर्ण जित दिलाए।

बेलिङ्घम यो सिजन ला लिगाका सर्वाधिक गोलकर्ता हुन्। उनले १० गोल गरिसकेका छन्। दोस्रो स्थानमा रहेका एट्लेटिको म्याड्रिडका एन्टोइन ग्रिजम्यानको ७ गोल छ।

जितपछि रियल म्याड्रिड अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। उसले ११ खेलबाट २८ अंक जोडेको छ। बार्साको पनि ११ खेलबाट २४ अंकसहित तेस्रो स्थानमा छ। दोस्रो स्थानमा रहेको गिरोनाको ११ खेलबाट २८ अंक छ। बार्सिलोनाले यो सिजन ला लिगामा पहिलो हार ब्यहोरेको हो।