सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला १ लाख १७ हजार

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउले नयाँ रेकर्ड राखेको छ । केही समयदेखि लगातार बढीरहेको सुनको भाउ आज हालसम्मकै उच्च बिन्दुमा पुगेर रेकर्ड राखेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख १७ हजार रुपैयाँ पुगेको छ । यो नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य हो । तेजाबी सुन प्रतितोला एक लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि गएको शुक्रबार मात्रै नेपाली बजारमा सुन प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि प्रतितोला १४ सय १५ रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here