‘आशा छ हामी यसपटक विश्वकप खेल्नेछौं’

काठमाडौं । टी–२० विश्वकपको एसिया छनोट सोमबारदेखि काठमाडौंमा सुरु हुँदैछ । नेपालले पहिलो खेल सोमबार बिहान ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिंगापुरविरुद्ध खेल्नेछ ।

पहिलो खेलअघि आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले आफ्नो टोली सन्तुलित रहेको र छनोट प्रतियोगिताको लागि आफूहरू तयार रहेको बताएका छन् ।

हामीसँग एकदम ठुलो अवसर छ, हामीले कुनै पनि टिमलाई हल्का रुपमा लिएका छैनौं, सबै गेम‌ जित्ने गरी फोकस गरिरहेका छौं, पहिले के भए भन्ने कुराहरु बिर्सिएर अहिलेकै गेममा ध्यान दिइरहेका छौं र आशा छ हामी यसपटक विश्वकप खेल्ने छौं उनले भने । उनले आफ्नो टोलीको ब्याटिङ र बलिङ दुवै राम्रो रहेको पनि बताए ।