गुटेरेससँगै उभिएर प्रधानमन्त्रीले भने-‘शान्ति प्रक्रियाको बाँकी काममा सहयोग गर्नुहोस्’

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस समक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाको बाँकी रहेको काममा मद्दत गर्न आग्रह गरेका छन्।

महासचिव गुटरेससँग सिंहदरबारमा दुई पक्षीय भेटपछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले आफूले उक्त प्रस्ताव गरेको उल्लेख गरेका छन्।

भेटवार्तापछि प्रचण्डले दुई पक्षीय हित र राष्ट्रिय अन्तर्राष्ट्रिय महत्वका विषयमा विश्वासका साथ सौहार्दपूर्ण वातावरणमा छलफल भएको बताए ।

उनले भने, ‘जलवायु परिवर्तन र नेपालमा त्यसको नकारात्मक परिमाणलाई कम गर्न संयुक्त राष्ट्र संघले खेलेको भूमिकाको प्रशंसा भयो आउने दिनमा सहयोगको अपेक्षा गरेका छौं ।’

‘नेपालको शान्ति प्रक्रियाको बाँकी काम जो अन्तिम चरणमा छ, त्यसलाई टुङ्गोमा पुर्‍याउन अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसंघको महासचिवको हैसियतले उहाँको महत्वपूर्ण भूमिका हुने पनि कुरा गर्‍यौं,’ प्रचण्डले भेटपछि भने।

गुटेरेसले बाँकी रहेको शान्ति प्रक्रियाको काम पूरा गर्न संयुक्त राष्ट्रसंघले नेपाललाई सघाउन तयार रहेको बताएका छन्। संयुक्त पत्रकार सम्मेलनमा महासचिव गुटरेसले उक्त प्रतिबद्धता जाहेर गरेका हुन्।

त्यसअघि प्रधानमन्त्रीसँगको भेटवार्तामा प्रचण्डले महासचिव गुटरेसँसँग संक्रमणकालीन न्यायको पाटो बाँकी रहेको शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न उनीसमक्ष आग्रह गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here