काठमाडौं । इजरालयमा प्यालेस्टाइनी समूह हमासको आक्रमणमा पारिएका थप ३ जना नेपालीको शव पहिचान भएको छ ।
इजरायलको तेल अबिबस्थित नेपाली दूतावासका अनुसार पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको पहिचान भएको हो । दूतावासले उनीहरूको पासपोर्ट नम्बरसहित नाम सार्वजनिक गरेको छ ।
हमासको आक्रमणमा इजरायलमा १० नेपाली मारिएका थिए । तीमध्ये ५ जनाको शव यसअघि नै पहिचान भई नेपाल ल्याइसकिएको छ । बाँकी दुई जनाको भने हालसम्म शव पहिचान हुन सकेको छैन ।
दूतावासले उपलब्ध सम्पूर्ण संयन्त्रहरूको प्रयोग गरी सम्पर्कविहीन रहेका विपीन जोशीको खोजी कार्य जारी राखिएको जनाएको छ ।