कारोबारको दोस्रो दिन पनि सोनापुर मिनरल्सको शेयर मूल्यमा नेगेटिभ सर्किट

काठमाडौं । सोनापुर मिनिरल्स एण्ड आयल सिमेन्टको शेयर नेप्सेमा सुचीकृत भएर कारोबार सुरु भएको दोस्रो दिन पनि नकारात्मक सर्किट लागेको छ ।

आइतबार नेप्सेको स्पेशल प्रिओपनिङ सेसनमा ३५० रुपैयाँमा कारोबार भएको शेयर प्रतिकित्ता ३५ रुपैयाँले घटेको थियो । दोस्रो दिन पनि बजार खुलेको १० मिनेटमै १० प्रतिशत (३१ रुपैयाँ ५० पैसा)ले घटेको हो ।

नेप्सेका अनुसार सोमबार प्रतिकित्ता ३०८ रुपैयाँ ७० पैसामा कारोबार खुलेको थियो । १० प्रतिशतले मूल्य घटेर प्रतिकित्ता २८३ रुपैयाँ ५० पैसा कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here