मूल्य घटाउँदा पनि बिकेन् खाद्यले ल्याएको च्याङ्ग्रा

काठमाडौं। आर्थिक मन्दीले खसीबोका तथा च्याङग्रा बिक्री नभएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मूल्य घटाएको छ। मूल्य घटाउँदा पनि च्याङ्ग्रा बिक्री नभएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई समस्या भएको छ ।

प्रतिकेजी एक सय रुपैयाँ घटाउँदासमेत खाद्यले ल्याएका आधा पनि च्याङ्ग्रा बिक्री भएका छैनन् । सुरुमा प्रतिकेजी १२ सय ५० रुपैयाँ निर्धारण गरिएकोमा अहिले ११ सय ५० कायम गर्दा पनि बिक्री गर्न समस्या भएको खाद्यका अधिकारीको भनाइ छ ।

यसअघि खाद्य कम्पनीले जिउँदो च्याङ्ग्रा प्रति किलो १२६० रुपैयाँ मूल्य तय गरेर छुटसहित १२५० रुपैयाँका दरले बिक्री गर्दै आइरहेको थियो।

दसैंका लागि खाद्यले रसुवाबाट ५ सय ४२ वटा च्याङ्ग्रा ल्याएकोमा अहिलेसम्म २ सय ७१ वटा मात्र बिक्री भएको छ । खाद्यले सन्चालन गरेको चाडबाडलक्षित सुपथ बजार मंसिर ३ गतेसम्म रहने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here