राष्ट्रपतिबाट आममाफी पाएर पुन: अपराधमा, ज्यानमार्ने धम्की दिएको आरोपमा फेरि पक्राउ

काठमाडौं । राष्ट्रपतिबाट कैद मिनाहा पाएर जेलबाट छुटेका एकजना अपहरण गरी ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका छन् ।

पक्राउपर्नेमा चितवनको भरतपुर महानगरपालिका–९ का ५५ वर्षीय रामचन्द्र थापा रहेका छन् । उनलाई चितवन प्रहरीले मंगलबार भरतपुर अस्पतालको नयाँ गेट अगाडिबाट पक्राउ गरेको हो ।

थापामाथि भरतपुर–१ का सोमराज सुवेदी र उनका छोरालाई अपहरण गरी मारिदिने धम्की दिएको आरोप छ । भरतपुरमा मेडिकल सञ्चालन गर्दै आएका सुवेदीलाई थापाले फोन गरी २५ लाख नदिए छोराको अपहरण गर्ने धम्की दिएको प्रहरीले बताएको छ ।

अभियुक्त थापालाई चितवन जिल्ला अदालतबाट डाँका मुद्दामा ९ वर्ष कैद तोकिएको थियो। गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा ४ वर्ष ६ महिना ३ दिन कैद भुक्तान गरी भरतपुर कारागारबाट छुटेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here