ऋण तिर्न नसक्दा तीन महिना १३ हजार जना कालोसूचीमा

काठमाडौं । चेक बाउन्स र बैंकको ऋण तिर्न नसक्दा कालो सूचीमा पर्नेको संख्या बढ्दै गएको छ । कर्जा सूचना केन्द्रका अनुसार कारण चालु आर्थिक वर्षको साढे ३ महिना (कात्तिक १३ गतेसम्म)मा मात्रै १३ हजार १२२ जना कालोसूचीमा परेका छन् ।

गत असार मसान्तसम्म कालोसूचीमा पर्ने कुल ऋणीको संख्या ५३ हजार ७४५ रहेकोमा चालु वर्षको कात्तिक मध्यसम्म आइपुग्दा २३.६७ प्रतिशतले बढेर ६६ हजार ६०१ पुगेको केन्द्रको तथ्यांक छ ।

गत असारको तुलनामा कालोसूचीमा पर्नेको संख्या २४ प्रतिशतले बढेको हो ।कोभिड अगाडिका वर्षहरूमा कालोसूचीमा पर्नेको संख्या न्यून हुने गरेकोमा त्यसयता भने ह्वात्तै बढेको तथ्यांकले देखाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here