अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा

काठमाडौं । अमेरिकी डलरको मूल्यले हालसम्मकै महँगोको रेकर्ड बनाएको छ । पछिल्लो समय लगातार आकाशिँदै गएको डलरको मूल्यले बिहीवार अहिलेसम्मकै महँगोको रेकर्ड बनाएको हो ।

बिहीबारको लागि एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५७ पैसा तोकिएको छ।

यो मूल्य हाल सम्मकै उच्च हो। यसअघि गत असोज ३० गते डलरको भाउ १३३ रुपैयाँ ५५ पैसा पुगेर नयाँ रेकर्ड बनाएको थियो। पछिल्लो रेकर्डभन्दा यो मूल्य २ पैसा बढी हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here