रिगललाई राष्ट्रपतिबाट भएको कैद मिनाहा बदर

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा दिएको आममाफी बदर गर्ने निर्णय सुनाएको छ।

सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा,सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासले रिगल भनिने योगराज ढकाललाई जन्मकैद छुट दिने निर्णय बदर गरेको हो।

पत्नी भारती शेर्पाले दायर गरेको रिटको सुनुवाइ गर्दै सर्वोच्चको पूर्ण इजलासले उक्त फैसला गरेको हो । नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर व्यक्ति हत्या गरेको अभियोगमा उनलाई जन्मकैदको सजाय तोकिएको थियो ।

सर्वस्वसहित जन्मकैद पाएका तरुण दलका नेता रिगललाई संविधान दिवसका अवसरमा असोज ३ गते आममाफी दिइएपछि उनी गाडीको लावालस्करसहित कारागारबाट निस्किएका थिए ।

२०७२ सालमा नेपालगञ्जमा चेतनलाई रिगलकै योजनामा खुँडा प्रहार गरी हत्या भएको भन्दै अदालतले दोषी ठहर गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here