सर्वोच्च अदालतको आदेशलगत्तै रिगलले गरे प्रहरीमा आत्मसमर्पण, ११ वर्ष बढी जेल बस्नुपर्ने

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि योगराज ढकाल(रिगल) पक्राउ परेका छन् । सर्वोच्च अदालतले पक्राउ गर्न आदेश दिएकाले आफै जिल्ला प्रहरी कार्यलय बाँके पुगेर प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन्।

संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्दै सर्वोच्च अदालतले उनलाई तत्काल पक्राउ गर्न आदेश दिएको थियो।

बिहीबार आएको आदेशमा अब उनले भुक्तान गर्न बाँकी कैद सजायको अवधि समेत तोकिएको छ। आदेशमा उल्लेख भए अनुसार अब रिगल ११ वर्ष ११ महिना ५ दिन जेलमा बस्नेछन्।