शनिबार काठमाडौंका यी स्थानमा चार घण्टा विद्युत् आपूर्ति बन्द हुने

काठमाडौं । शनिबार काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

स्युचाटारदेखि सिंहदरबारसम्मको ६६ केभी लाइन मर्मत गर्नुपर्ने भएकोले सिंहदरबार परिसर भित्रका सम्पूर्ण कार्यालयहरु, जिल्ला प्रशासन कार्यालयमा विद्युत अवरुद्ध हुने प्राधिकरणले सूचना जारी गरेको छ।

यस्तै, सोही सबस्टेशनमा विद्युत आपूर्ति हुने बबरमहल, पुतलीसडक,बागबजार, कमलादी, हात्तीसार डिल्लीबजार, असन, महाबौद्ध, जमल, घट्टेकुलो, अनामनगर, ज्ञानेश्वर, नक्साल, सेतोपुल, रातोपुल क्षेत्रमा पनि बिजुली अवरुद्ध हुनेछ।

प्राधिकरणका अनुसार यी स्थानमा भोलि शनिबार बिहान ७ बजेदेखि बिहान ११ बजेसम्म विद्युत हुनेछैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here