मध्यरातिमा भूकम्पले ठूलो मानवीय क्षति, घाइतेहरुले भरिए स्वास्थ्य केन्द्र र अस्पताल

काठमाडौं । शुक्रबार राति गएको भूकम्पले जाजरकोटमा ठूलो क्षति भएको छ । स्वास्थ्य केन्द्र र अस्पतालहररु बिरामीले भरिएका छन् । अहिले खोज र उद्धारको काम जारी छ ।

अस्पतालको जनशक्ति र क्षमताभन्दा धेरै बीरामी भएपछि उनीहरुलाई बाहिरै राखेर पनि उपचार सुरु गरिएको छ। यो उद्धार सुरु भएसँगै मृतक र घाइतेको संख्या पनि बढेको छ। ठूलो प्रकोप भएकोले जिल्लामा उपलब्ध स्वास्थ्यकर्मीले धान्न नसक्ने अवस्था रहेको छ ।

भूकम्पको केन्द्रविन्दु रहेको बारेकोट गाउँपालिका र अरु विकट क्षेत्रमा समेत सम्पर्क हुन सकेको छैन । मुख्य सडकहरु पनि अवरुद्ध भएका छन् । मध्यरातमा जाजरकोट केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here