मीनबहादुर गुरुङले भूकम्प पीडितलाई १,११,११,१११ रुपैयाँ सहयोग गर्ने

काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले भूकम्प पीडितलाई सहयोगको घोषणा गरेका छन् ।

उनले प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।

यसअघि भाटभटेनीले कोरोनाबाट आक्रान्त नेपालीको उपचारका लागि कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ सहयोग गरेका थिए । त्यसबाहेक सातै वटा प्रदेश सरकारलाई पनि २५–२५ लाखका दरले सहयोग उपलब्ध गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here