भूकम्पको निरन्तर धक्काले स्थानीयवासी त्रास, सडकमा बास

काठमाडौं । जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएपछि बारम्बार आएको धक्काले जनजीवन आतंकित भएको छ ।

ठूलो भूकम्प आएपछि निरन्तरको धक्काले त्रसित नागरिकहरु राती घरभित्र रात कटाउन सकेनन् । रातभर क्षण क्षणमा गएको भूकम्पको कम्पनले गर्दा भूकम्प प्रभावित क्षेत्रका बासिन्दाहरु सडक तथा खुला क्षेत्रमा बसिरहेका छन् ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि पनि निरन्तर भूकम्पको धक्का मापन गरिएको छ ।

शनिबार दिउँसोसम्म १७५ भन्दा धेरै परकम्प मापन भइसकेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ । जाजरकोट सदरमुकाम खलंगा बजारमा भूकम्पको डरले सडकमै बसेका स्थानीय देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here