जाजरकोट भूकम्पमा मृत्यु हुने परिवारलाई सरकारले दुई लाख राहत दिने

काठमाडौं । जाजरकोट भूकम्पमा मृत्यु हुने प्रतिपरिवारलाई प्रतिमृतक सरकारले दुई लाख रूपैयाँ राहत दिने भएको छ।

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

‘तत्काललाई प्रति मृतक परिवारलाई दुई लाख रूपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय भएको छ,’ उनले भनिन्।

आइतबार बसेको मन्त्रपरिषद्को बैठकले भूकम्पमा घाइते भएकाको निःशुल्क उपचार गर्ने निर्णय पनि गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here